धारा १५ दफा १. विशेष रकम झिक्ने अधिकारलाई बाँडफाँट गर्ने अधिकारः कायम रहेको संचित
सम्पत्तिको पूरकको आवश्यकता भएमा सो पूर्ति गर्न विशेष रकम झिक्ने खातामा
भागिदार भएका सदस्यहरुलाई विशेष रकम झिक्ने अधिकारको बाँडफाँट गर्न
कोषलाई अधिकार हुनेछ ।
धारा १५ दफा २. विशेष रकम झिक्ने अधिकारको मूल्यांकनः विशेष रकम झिक्ने अधिकारहरुको
मूल्यांकन गर्ने पद्धति कोषले आफ्नो कूल मतदान शक्तिको ७० प्रतिशतको
बहुमतले निर्णय गर्नेछ तर मूल्यांकन गर्ने प्रचलित पद्धतिमा सैद्धान्तिक वा मौलिक
परिवर्तन गर्नु परेमा कोषको आफ्नो कूल मतदान शक्तिको ८५ प्रतिशतको
बहुमतको आवश्यकता पर्नेछ ।
कोष सम्झौताको धारा १६ दफा ३
धारा १६ दफा ३. अभिलेखन र सूचनाः विशेष रकम झिक्ने अधिकारहरुको (मौज्दात होल्डिंग्स) मा
हुने सबै हेरफेर कोषले विशेष रकम झिक्ने खातामा अभिलेखन गरेपछि मात्र
लागू हुनेछ । भागिदारहरुले विशेष रकम झिक्ने अधिकारहरुको प्रयोग यस
सम्झौताको जुन उपबन्धको अन्तर्गत गरिएको हो त्यस्को सूचना कोषलाई
दिनेछन् । कोषले आफ्नो काम कारवाईको लागि आवश्यक सम्झौताको सूचनाहरु
भागिदारहरुबाट पेश गराउन सक्नेछ ।
कोष सम्झौताको धारा १७ दफा १
धारा १७ दफा १. भागिदारहरुः आफ्नो कानून अनुसार विशेष रकम झिक्ने खाताको भागिदारको
सबै दायित्व वहन गर्न मञ्जूरीको उल्लेख गरिएको लिखत कोषमा दाखिल गर्ने
प्रत्येक सदस्य, लिखित दाखिला गरेको मितिदेखि सो खाताको भागिदार हुनेछ तर
विशेष रकम झिक्ने अधिकारसम्बन्धी सबै धाराहरु लागू नभएसम्म र सम्पूर्ण
कोटाको कमसेकम ७५ प्रतिशत भएका सदस्यहरुले यस दफा अन्तर्गत लिखित
दाखिला नगरेसम्म कुनै सदस्य त्यस्तो भागिदार बन्ने छैन ।
कोष सम्झौताको धारा २२
धारा २२ भागिदारहरुको सामान्य दायित्वः यस सम्झौताका अरु धाराहरु अन्तर्गत विशेष
रकम झिक्ने अधिकारको सम्बन्धमा ग्रहण गरिएको दायित्वको अतिरिक्त विशेष
रकम झिक्ने अधिकारको प्रभावकारी सञ्चालनलाई सुगम पार्न, यस सम्झौता
अनुसार विशेष रकम झिक्ने अधिकारहरुको समुचित प्रयोग गर्न तथा विशेष
रकम झिक्ने अधिकारलाई अन्तर्राष्ट्रिय मौद्रिक पद्धतिमा प्रमुख सञ्चित सम्पत्ति
बनाउन प्रत्येक भागिदारको कोष र अरु भागिदारहरुसित सहयोग गर्न स्वीकार
गर्दछ ।